प्रदीप गिरी बिपी पछिकै ठूलो समाजवादी चिन्तक : सभापति देउवा

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०८०, १२ : ३२
प्रदीप गिरी बिपी पछिकै ठूलो समाजवादी चिन्तक : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व। प्रदीप गिरी बिपी कोईरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा स्व। गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले समाजवादी चिन्तकको रुपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताए। सभापति देउवाले स्व। गिरीका बाँकी कृति र लेखहरु भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए । उनले स्व। गिरीका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने बताए ।

उनले भने, ‘समाजवादी चिन्तकको रुपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ । उहाँ धेरै ठूलो विद्वान हो, बिपी पछिको ठूलो समाजवादी चिन्तक हो । उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ । उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रुपमा लिएको छु । उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ ।’

सभापति देउवाले स्व।प्रदीप गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताए ।
 

प्रतिक्रिया दिनुहोस