ललिता निवास जग्गा प्रकरणमा मुछिएका माधव नेपालसँग सीआईबीले लियो बयान

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०८०, ११ : २५
ललिता निवास जग्गा प्रकरणमा मुछिएका माधव नेपालसँग सीआईबीले लियो बयान

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा अनुसन्धान व्यूरो (सीआईबी)ले पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग बयान लिएको छ । सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग समेत बयान लिइसकेको छ ।

सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले नेपालसँग पनि बयान लिइएको जानकारी दिइन् । सीआईबीले साउन २८ मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए ।

प्रतिक्रिया दिनुहोस