सातै प्रदेशमा समाजवादी मोर्चा गठन गरिने

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०८०, ०९ : ४०
सातै प्रदेशमा समाजवादी मोर्चा गठन गरिने

काठमाडौ । समाजवादी मोर्चाले प्रदेशस्तरमा पनि आफ्नो संगठन विस्तार गर्ने भएको छ। 

आज बिहान बसेको मोर्चाको बैठकले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने र त्यस क्रममा प्रदेशस्तरीय मोर्चा पनि गठन गर्ने निर्णय गरेको हो। 

नेकपा एकीकृत समाजवादीका नेता प्रमेश हमालका अनुसार भदौ ८ गते मधेश प्रदेशको वीरगन्जमा, १२ गते लुम्बिनीको बुटवलमा र १३ गते सुदूरपश्चिमको धनगढीमा सन्देश सभा आयोजना गरिने निर्णय भएको छ।

यसैगरी भदौ १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा र भदौ २५ गते कोशी प्रदेशको विराटनगरमा सभा आयोजना गरिने उनले जानकारी दिए।  

बैठकपछि सञ्चारकर्मीलाई निर्णय जानकारी गराउँदै उनले भने, ‘त्यो सन्देश सभामा हामी प्रदेशको मोर्चा पनि गठन गर्नेछौं।’