काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बिहान बस्दैछ ।
आइतबार साँझ ६ बजे बस्ने भनिएको उक्त बैठक विविध कारणले बस्न नसकी सोमबार बिहान ७ः३० बजे बस्ने गरी तोकिएको नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ । यसैगरी उक्त बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने जनाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ भदौ २०८०, ०६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी मोर्चाले आज काठमाडौँमा अन्तरक्रिया गर्दै
समाजवादी मोर्चाले मङ्गलबार विचार गोष्ठीको आयोजना गर्दै
बालुवाटारमा समाजवादी मोर्चाको बैठक
चैत ३ गते काठमाडौँमा अन्तर्क्रिया गर्ने समाजवादी मोर्चाको निर्णय
समाजवादी मोर्चाको बैठक स्थगित
तत्काल मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकारसँग समाजवादी मोर्चाको आग्रह