काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सरकारले भ्रष्टाचारविरुद्ध चालेको कदममा आफ्नो साथ भएको बताएका छन् । आज बसेको पोलिटब्युरो समितिको बैठकको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले भ्रष्टाचारीलाई कारबाही गरेकोमा समर्थन जनाए ।
अध्यक्ष नेपालको भनाइलाई उदृत गर्दै उपमहासचिव एक नेताले भने, ‘भ्रटाचारहरुलाई कारबाही गर्नको लागि सरकारले जे काम गरिरहेको छ । यो कामलाई निरन्तरता दिएर सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ । निर्दोष कोही नफसोस् दोषी कोही नपरोस् भन्ने भावनाले काम गर्न आह्वान गर्नुभएको छ । सरकारले भ्रष्टाचारीलाई छानी-छानी कारबाही गरेकोमा हामी त्यसको समर्थनमा छौँ ।’
बैठकमा पार्टीलाई गम्भीर चुनौतीका सामना गर्दै नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रो पार्टी कम्युनिष्ट धारभित्रको सबैभन्दा उत्तम विकल्प हो । हामी सबै चुनौतीलाई सामना गरेर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न प्रतिबद्ध छौँ । सुशासन र जनताको पक्षमा काम गर्छौँ । त्यही अनुसार लाग्छौँ ।’
आजको बैठकमा २६ जनाले नेताहरुले आआफ्नो धारणा राखेको बताए । बैठक भोलि टुङ्ग्याउने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १९ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्: माधव नेपाल
ओली लक्षित माधवको टिप्पणी : ‘सातो गएको हुनसक्छ, होस् नगुमाउनू’
माधव नेपालप्रति झाँक्रीको टिप्पणी- ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ?’
नेपाली कम्युनिस्ट पार्टीको संयोजक प्रचण्ड, माधव नेपाल सहसंयोजक
माधव नेपाललाई भेट्न आलोकनगर पुगे प्रचण्ड