एजेन्सी । अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलोका कारण हालसम्म ११४ जनाले ज्यान गुमाएका छन् भने ६० प्रतिशत बढी डढेलोग्रस्त क्षेत्रमा उद्धार टोलीले निरीक्षण गरेको छ ।
हवाई राज्यका प्रमुख जोस ग्रिनले डढेलोका कारण ज्यान गुमाउनेको संख्यामा अझै वृद्धि हुनसक्ने बताए । उनले डढेलो लागेको सबै क्षेत्र अझै अनुगमन गर्न नसकिएको भन्दै उद्धार कार्य जारी रहेको बताइ । उनले डढेलोका कारण त्यहाँ अवस्था बयान गर्न कठिनाइ भइरहेको र ६ बिलियन सम्पती ध्वस्त भएको अनुमान गरिएको बताए । उनले २२ सय भवनहरु ध्वस्त हुनुका साथै अन्इ ५ सय बढी भवनमा क्षति पुगेको बताए ।
डढेलोको कारण माउईको लोकप्रिय पर्यटकीय स्थल पहिलाको हवाई राज्यको राजधानी ऐतिहासिक शहर लाहाइनाको धेरैजसो भूभाग जलेर नष्ट भएको छ । त्यहाँ १३ हजार बासिन्दाहरु बस्ने गर्दथे । कम्तिमा अझै १ हजार मानिस बेपत्ता भएकाले उद्धारका टोलीहरु थपेर कार्यमा खटाइएको बताए । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमवार माउई राज्यका जीीवत उद्धार गरिएका परिवारहरुसँग भेट्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०३ भदौ २०८०, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत