काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान नलिने प्रपञ्च भएको भन्दै आपत्ति जनाएका छन् ।
गठबन्धनका नेताहरु बैठक बसेर कसैको बयान लिने/नलिने निर्णय गर्न नसक्ने उनले बताए । गठबन्धनका नेताहरु बसेर यो विषयमा छलफल गर्न पाउनुहुन्छ ?,’ आइतबार झापा शिवसताक्षीमा आयोजित कार्यक्रममा उनले भने, ‘म त भनिरहेको छु, कांग्रेसको बैठक होइन, गठबन्धनको बैठक लाइभ गर्नुपर्दछ । त्यहाँ के कुरा भयो देश र जनताले थाहा पाउनुपर्दछ ।’
बैठक हुनुअघि र पछि व्यक्त विचारमा फरक-फरक भाषा देखिने गरेको उनले बताए । नक्कली सुन प्रकरणको अनुसन्धान प्रक्रियालाई अघि बढाइरहेका प्रहरी अधिकारीको सरुवाप्रति पनि उनले असन्तुष्टि व्यक्त गरेका छन् । ‘सुशासनको काम गरिरहेको भनि प्रशंसा पाइरहेको बेलामा प्रहरी अधिकारीहरुको सरुवा भइरहेको सुनिरहेका छौं,’ थापाले भने । सुन काण्डमा राज्यले गरेको अनुसन्धान चित्त नबुझेको एमालेले भनिरहे पनि राज्य निकायहरु अनुसन्धान गर्न सक्षम रहेको उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १३ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी