काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले आफ्नो ११ औँ अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको छ ।
सो गन्तव्यका लागि कम्पनीले शनिबारबाट बुकिङ खुला गरेको नेपाल वायु सेवा निगमले जानकारी दिएको छ । यहाँ भदौ २० अर्थात् ६ सेप्टेम्बरबाट नियमित उडान हुने भएको निगमको भनाई छ ।
यस रुटमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने भएको छ भने थप माग अनुसार गन्तव्य विस्तार गरिने जनाइएको छ । काठमाडौँ-दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ ।
दमाम-काठमाडौँका लागि भने ५९५ साउदी डलर फेयर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ भदौ २०८०, १९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै