दोस्रोपटक विश्व च्याम्पियन बन्दै पंघालले रचिन् इतिहास

सफल खबर संवाददाता

शनिबार, ०२ भदौ २०८०, १४ : १५
दोस्रोपटक विश्व च्याम्पियन बन्दै पंघालले रचिन् इतिहास

नयाँ दिल्ली । हरियाणा निवासी अन्तिम पंघलले शुक्रबार इतिहास रचेकी छन् । उनी लगातार दुई पटक यू–२० विश्व रेस्लिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने भारतकी पहिलो महिला कुस्ती खेलाडी बनेकी हुन् । उता सविताले ६२ केजी तौल समूहमा पनि स्वर्ण पदक जितेकी छिन् ।

 

भारतीय महिला टोलीले विश्व च्याम्पियनसिपमा टिम उपाधि जितेको यो पहिलो पटक हो । प्रिया मलिकले ७६ केजी तौल समूहमा स्वर्ण पदक जितेकी छिन् । भारतीय महिला खेलाडीले तीन स्वर्णसहित कूल सात पदक जितेका छन् ।

कुन्डु (६५ केजी), रीना (५७ केजी), आरजु (६८ केजी) र हर्षिता (७२ केजी) ले रजत पदक जिते । पंघलले युक्रेनी प्रतिद्वन्द्वी मारिया येफ्रेमोभामाथि ४–० को सहज जित निकाल्दै रिङमा यति धेरै प्रभुत्व जमाएकी थिइन् कि उनले प्रतियोगिताभर दुई अंक मात्र गुमाउन पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस