टीभीको भित्ताबाट बनाइएको घर !

एजेन्सी

सोमबार, २८ साउन २०७५, १६ : ३२
टीभीको भित्ताबाट बनाइएको घर  !

काठमाडौं । घरका भित्ताहरू इँटा र पत्थरबाट नै बनेका देखिन्छन् । तर भियतनामको होन थोम नामक एक घरमा एउटा घरको भित्तो टीभीले बनेको छ ।

घरअघिल्तिरबाट जाने मानिसको ध्यान खिचिने गरी भित्तो पुरानो टीभी सेटले बनाइएको छ ।

टीभी मर्मत गर्ने एक व्यक्तिले कुनै दिन काम लाग्छ भनी पुराना टीभी सेट राखेका रहेछन् । टीभी सेटका पुराना क्याथोड किरण ट्युबलाई नोक्सानी पुगेन ।

अनि नजिकैको घरको मालिकले ती पुराना टीभी सेटबाट घरको भित्तो बनाउने फैसला गरे ।

हालै थान टिएन नामक फेसबूक प्रयोगकर्ता होन थोम टापु घुम्न जाँदा अद्भुत घर देखेर तस्वीर खिचे अनि फेसबूकमा राखे । त्यसपछि त्यो भाइरल भयो ।

मानिसहरू घरमालिकको नयाँ सोचको प्रशंसा गरिरहेका छन् । तर केही अन्यले चाहिँ यसरी टीभीको भित्तो साना बच्चा र वातावरणका लागि हानिकारक बताइरहेका छन् ।

उदाहरणका लागि, कुनै बच्चाले भूलवश क्याथोड किरण ट्युबमध्ये एउटालाई बन्द गर्ने वा फुटाउने कोशिश गरेमा ऊ गम्भीर रूपमा घाइते हुन सक्छ । अनि पुराना टीभी सेटमा भएका पारो र शीशा जस्ता विषालु तत्त्व बर्खामा पानीसँगै
भुइँमा मिसिने सम्भावना छ । -एजेन्सी
 

प्रतिक्रिया दिनुहोस