काठमाडौँ । वैदेशिक रोजगार विभागले दुई मेनपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले म्यापिटल रिक्वायरमेन्ट सर्भिस र इगल मेनपावर मेनपावर कन्सलटेण्टलाई कारबाही गरेको हो ।
विभागले रिक्वायरमेन्ट सर्भिस र इगललाई दुई लाख रुपैयाँका दरले चार लाख रुपैयाँ जरिबाना गरेको हो । यी मेनपावरले विभागबाट स्वीकृतिविना अवैध रूपमा फेसबुकबाट विज्ञापन गर्दै पासपोर्ट सङ्कलन गरेको बताइएको छ ।
यसैगरी, वैदेशिक रोजगार ऐनको दफा ४३ विपरीत वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल (फेसबुक, टिकटक) मा प्रकाशन गरी सर्वसाधारणमा भ्रम सृजना गर्ने सुयान एजुकेशन प्रा.लि., ललितपुर र एलाईट टू वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टर, ललितपुरको स्थलगत अनुगमन गरी थप विषयमा अनुसन्धान कार्य जारी रहेको विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ साउन २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेश पठाइएका नेपाली कामदारको विस्तृत अभिलेख उपलब्ध गराउन विभागको निर्देशन
वैदेशिक रोजगार ठगीसम्बन्धी पुराना मुद्दाको विद्युतीय अभिलेखीकरणलाई तीव्रता
१८ वटा ओरिएन्टेशन सेन्टरसँग विभागले माग्यो स्पष्टीकरण
३२६ म्यानपावर कम्पनीको इजाजत पत्र निलम्बन