काठमाडौँ। वैदेशिक रोजगार विभागले १८ वटा अभिमुखीकरण तालिम प्रदायक संस्था (ओरिएन्टेशन सेन्टर) लाई स्पष्टीकरण सोधेको छ । वैदेशिक रोजगारीमा जानै श्रमिकहरूलाई ओरिन्टेशन प्रदान गर्दै आएका संस्थाहरूलाई विभागले अनुगमन गर्दै स्पष्टीकरण माग गरेको हो ।
अनुगमनका क्रममा विभिन्न खालका समस्या देखिएपछि उनीहरूसँग स्पष्टीकरण सोधिएको विभागले जनाएको छ । त्यसैगरी स्पष्टीकरण सोधिएकाहरूमा केहीको भौतिक पूर्वाधार नभएको, कसैको जनशक्ति नभएको, कसैको लोकेसन नभेटिएको बताएको जनाइएको छ ।
विभागले यो महिना १०० वटा संस्थाको अनुगमन गर्ने तयारी गरेको छ । हाल १४३ वटा संस्थाहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्वप्रस्थान तालिम प्रदान गर्नका लागि इजाजत लिएका छन् । तीमध्ये हाल १२५ संस्था सक्रिय छन् भने १८ वटा संस्थाको अनलाइन आइटी बन्द गरिएको छ ।
विभागले काठमाडौँ बाहिरका संस्थाहरूको हकमा अनलाइनमार्फत अनुगमन गरेको थियो भने काठमाडौँमा कार्यालयमा नै गएर अनुगमन गरेको थियो । विभागले गत वर्षदेखि ती संस्थाहरूलाई आईरिस सिस्टम जडान गराएको थियो । उनीहरूको अनलाइनमार्फत समेत अनुगमन सक्ने व्यवस्था मिलाइएको थियो । सोही अनुसार विभागले कतिपय संस्थाहरूको अनलाइनमार्फत समेत अनुगमन गरेको हो वैदेशिक रोजगार विभागले १८ वटा अभिमुखीकरण तालिम प्रदायक संस्था (ओरिएन्टेशन सेन्टर) लाई स्पष्टीकरण सोधेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ साउन २०८२, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३२६ म्यानपावर कम्पनीको इजाजत पत्र निलम्बन
दशैंको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने