जनकपुरधाम । जानकी मन्दिरको प्रांगणमा रहेको मुख्यमन्त्री सरोजकुमार यादवको ब्यानर युवाहरुले हटाएका छन् ।प्रांगणमा लगाइएको ब्यानरले मन्दिरको महत्त्व र सौन्दर्यतामा आँच आएको भन्दै उनीहरुले हटाएका हुन् ।
युवा नेता सरोज मिश्रसहितका युवाहरूको समूहले मंगलबार बिहान सो ब्यानर हटाएका छन् ।उनीहरुले मुख्यमन्त्रीको साथै एउटा मोटरसाइकल कम्पनीले राखेको विज्ञापनको बोर्ड पनि हटाएका हुन् ।
सार्वजनिक महत्त्व, पर्यटन प्रर्वद्वन र जानकी मन्दिरको महत्त्व भन्दा मुख्यमन्त्रीको तस्बिरलाई तामझाम गरी राखिएकोले ब्यानर हटाइएको मिश्रले बताए ।
जानकी मन्दिरभन्दा ठूलो कोही पनि हुन नसक्ने भन्दै ब्यानर हटाइएको उनले बताए ।सरोकारवाला निकायहरु लगायत मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, मेयर लगायतको ध्यानाकर्षण गराउँदा पनि नहटाएपछि बाध्य भएर आफूहरुले हटाएको मिश्रले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुख्यमन्त्री यादवले भोलि विश्वासको मत लिने
मुख्यमन्त्री यादवद्वारा ३ मन्त्री नियुक्त, जनमतका महेशले पाए अर्थ मन्त्रालयको जिम्मेवारी
मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने
मधेशका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा
आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छ : मुख्यमन्त्री यादव
मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन