काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल विभिन्न चाडपर्व, संस्कृति र सम्पदाले सम्पन्न मुलुक भएको बताएका छन् । विश्वका कतिपय देशहरू ठूला र विकसित भए पनि नेपालमा जस्तो समृद्ध संस्कृति र परम्परा अन्त नभएको दाबी उनले गरेका हुन् ।
साउनको अन्तिम सोमबार पारेर भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गर्न हिजो साँझ त्यहाँ पुगेका एमाले अध्यक्ष ओलीले नेपालमा गौरवपूर्ण सनातन परम्परा, संस्कृति रहेको स्मरण गरे । त्यसको संरक्षण गर्दै नेपाल र विश्वासलाई नै अघि बढाउन देशका महान् विभूतिहरूले महत्त्वपूर्ण योगदान गरेको चर्चा गरे ।
एमाले अध्यक्ष ओलीले भने,‘कतिपय विकसित देशहरूमा सनातन परम्परा भन्ने कुरा नै छैन । कति देश ठूला छन् तर भर्खर बनेका छन् । जसमा कुनै संस्कृति विकास हुनै पाएको छैन । तर हाम्रो देश अत्यन्तै गौरवपूर्ण छ ।’
प्राकृतिक पक्ष बाहेक प्रारम्भ देखि नै नेपालमा शिव, पशुपतिनाथ, रुद्र, शंकर, महादेव, केदारनाथ आदि मान्दै आएको पनि बताए । साउनको सोमबारलाई सवै समुदाय र नाथ सम्प्रदायले विशेष दिनका रूपमा मनाउने गरेको पनि ओलीले चर्चा गरे ।
डोलेश्वरलाई केदारनाथको शिर मानिने गरेको बताउँदै ओलीले शङ्कराचार्यले त्यसलाई प्रमाणित गरेको दाबी गरे । नेपाल देवभूमि, अत्यन्तै पावनभूमि, यो तपोभूमि, ध्यानभूमि, ज्ञानभूमि भएको जनाउँदै ओलीले थपे,‘उहाँबाट यो धर्तीमा सभ्यताको सुरुवात शम्भुनाथबाट भएको छ । शम्भुनाथकै एउटा रुप केदारनाथ, यस ठाउँलाई, उहाँको शिवलिंगलाई प्राकृतिकरुपमै केदारनाथको शिर भनेर मानिएको छ । र, शंकर आचार्यले यसलाई केदारनाथको शिर भनेर उहाँले प्रमाणित गर्नु भएको छ ।’
हाम्रा परम्परागत, सांस्कृतिक तथा संस्कारजन्य कार्यहरूमा सरिक हुन पाएकोमा प्रसन्नता व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले देशको संस्कृति र परम्परा संरक्षणमा लाग्न पनि अनुरोध गरे । केदारनाथको शिर मानिने डोलेश्वरमा आरती दर्शन तथा टिका ग्रहण गरेका ओलीले त्यसक्षेत्रको विकास र समृद्धिमा विगत देखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, ११ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा- ५ को मतपरिणाम : २३ सय गणना हुँदा केपी ओली भन्दा बालेन हजार मतले अगाडि
मध्यपूर्वमा बर्सिएका मिसाइलको धुवाँले निदाउन सकिनँ : केपी ओली
जेनजी आन्दोलनका बारेमा एकाएक किन नरम देखिए ओली ?
संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन