ताप्लेजुङ । मैवाखोला गाउापालिका–५ फाकुम्वाका एक युवकले आमाको हत्या गरेका छन्। ३३ वर्षीय डिल्लीकुमार लिम्बूले आमा धनमाया लिम्बूको धारिलो हतियार (बाम्फोक) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
अभियुक्त डिल्लीकुमारलाई बाम्फोकसहित प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुशराम कार्कीले बताए।
हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ। सोमबार बिहान साढे १० बजे हत्या भए पनि स्थानीयले मध्याह्न १२ बजे सााघु प्रहरी चौकीमा खबर गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ साउन २०८०, २१ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा कुमार थापा पक्राउ
युवकले गरे श्रीमतीको हत्या, छोरा पनि घाइते
दैलेखमा खुर्पा प्रहार गरी बुबाले गरे छोराको हत्या
दैलेखमा मादक पदार्थ सेवन गरेका बाबुले गरे आफ्नै छोराको हत्या
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या