नारायणी नदी कटान क्षेत्रको स्थालगत अनुगमनमा मेयर दाहाल

स्थानयि समुदायलाई सुरक्षति रहन आग्रह

सफल खबर संवाददाता

सोमबार, २९ साउन २०८०, १४ : ३१
नारायणी नदी कटान क्षेत्रको स्थालगत अनुगमनमा मेयर दाहाल

चितवन  । लगातार रुपमा बर्षसगैँ उर्लिएको नारायणीका कारण कटान भएको क्षतिको स्थलगत अनुगमन गरिएको छ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको नेतृत्वमा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी प्रमुख रामेश्वर कार्कीसहितको टोली भरतपुर वडा २६, २७ र २८ का नदीले कटान गरेको क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।

सो अवसरमा न्यूरेचोक, तमाङ्गचोक र भगेडी क्षेत्रका स्थानियहरुसँग गुनासोसगौ सुझाव संकलन पनि गरिएको थियो । तत्कालै हुने सम्भावित विपद् न्यूनिकरण र जोमिख नियन्त्रणका लागि जनतासगैँ स्थलगत अनुगमन गरेर सुझाव समेत लिएको भरतपुर महानगरकी मेयर रेनु दाहालले बताईन्।

“विगतमा रुख काटेर, ढालेर, बोराहरुमा टालेर ढुङ्गा, जाली भर्ने काम जनता आफै राति नसुतेर, काहाली लाग्दो अवस्थामा काम गर्नुहुन्थ्यो मेयर रेनु दाहालले भनिन्, अहिले सम्बन्धीत कार्यालय महानगर आफै अग्रसर भएर गरेको छ ।”विगत जस्तै जटिल परिस्थित छैन्, ठेक्का भएको १ बर्ष भो ३ बर्ष सकिदा पुरै हल हुनेछ, तर पनि हामी अत्यन्तै सजग छौँ मेयर रेनु दाहालले अगाडी थपिन्।

सो अवसरमा मेयर रेनुले स्थानयि समुदायलाई सुरक्षति रहन आग्रह गर्दै नारायणी नदीको बर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्न ५ बर्षको बजेट परि काम रहेको बताउदै छिटै काम सकिएर नतिजा देखिने स्पष्ट पारिन् । अनुगमनको क्रममा स्थानयिहरूले जटिल समस्या रहेका बढी पस्ने र डुबान हुने ठाँउ तत्कालै काम गराउन माग पनि गरेका थिए ।  मेयर दाहालले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भएको भन्दै नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनकिरण गर्न सधै कटिबद्ध रहेको प्रतिवद्धता जनाईन् ।

यस्तै उनले ५ वठा ब्लक बनाएर काम गरे भन्दै जनताको सेवामा छिटो र तत्काल उपस्थित जनाउने गरि संयन्त्र बनाएको पनि जानकारी दिईन् । यस्तै चितवनका प्रमुख जिल्ला अधिकारी पौडेलले तत्कालै नदी कटान नियन्त्रण गर्न आवश्यक पर्ने स्रोत साधनलाई तैनाथ अवस्था रहेको बताउदै ढुक्क हुन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस