चुरे दोहनका कारणा मधेश मरुभूमि बन्दैछ : कृषि मन्त्री भुसाल

सफल खबर संवाददाता

आइतबार, २८ साउन २०८०, ०७ : २९
चुरे दोहनका कारणा मधेश मरुभूमि बन्दैछ : कृषि मन्त्री भुसाल

महाेतरी । कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्बर भुमी बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन ।

ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको वताए । विशेषगरि धान उत्पादनमा यस्को प्रभाव प्रत्यक्ष परेको वताउँदै चुरे हरियाली नभएसम्म तराइका जमिन बन्झर नै बनिरहने उनकाे तर्क छ ।

`मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भुमिहरु मरुभूमि बन्दै छन,´ उनले भने, `अब चुरे बचाउनुको विकल्प नै छैन ।´ उनका अनुसार चुरे रहेसम्म मधेश रहने वताउदै स्थानिय र सरोकारवालाहरु नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेकाे छ ।

पछिल्लो केही बर्ष यता मधेशमा चुरे दोहन कै कारण सिंचाइका नहरहरु सुकेका छन भने खानेपानीको समस्या त बढदै गएको छ । मधेशका जिल्लाहरुमा खानेपानी र सिंचाइको  हाहाकार नै बने पछि मधेशलाइ सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस