मुगाको कारोबार गर्ने विदेशीसहित तीन पक्राउ

रासस

आइतबार, २७ साउन २०७५, २० : २१
मुगाको कारोबार गर्ने विदेशीसहित तीन पक्राउ

काठमाडौँ | महानगरीय प्रहरी परिसर काठमाडौँले मुगाको अवैध कारोबार गर्ने विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–२६ होटल काठमाडौँ इकोमा बसेर मुगाको कारोबार गर्ने यमनका ४३ वर्षीय अल अस्री मोहामे याहा याहा, मुगुका ५१ वर्षीय ग्याल्पु तामाङ र जुम्लाका ३० वर्षीय नवीन चौलागाईँलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

प्रहरीले अभियुक्तसँग आठ किलोग्राम मुगा, पाँच हजार २०३ अमेरिकन डलर, एक हजार ४०० यमन मुद्रा, ७५० इजिप्ट मुद्रा, ४९३ चिनियाँ मुद्रा, २६० यमन मुद्रा, २६० थाइल्याण्ड मुद्रा, २७ ओमन मुद्रा र २० सुडानको मुद्रा बरामद गरेको छ । 

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले ठमेलमा बसेर विभिन्न देशका व्यक्तिलाई अवैधरुपमा मुगाको व्यापार गर्दै आइरहेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । पक्राउ परेका तीनैजनाको थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस