२२८ वटा प्राविधिक शिक्षालय बन्द

पत्रपत्रिकाबाट

शनिबार, २७ साउन २०८०, ०७ : ४३
२२८ वटा प्राविधिक शिक्षालय  बन्द

काठमाडौ । विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभरका २२८ वटा प्राविधिक शिक्षालय  बन्द  भएका  छन्  । 

विगतमा  प्राविधिक  शिक्षा तथा व्यावसायिक तालिम परिषद्् (सिटिइभिटी) अन्तर्गत  सञ्चालनमा  रहेका  ती  संस्था  चिकित्सा  शिक्षा आयोगले तय गरेको नयाँ व्यवस्थाका कारण बन्द भएका हुन् ।

आयोगमार्फत  निकै  अव्यावहारिक  व्यवस्था  लागु गरेर आफूहरूको अर्बौं रुपियाँ बराबरको लगानी जोखिममा पर्दा पनि सहजीकरणका लागि सरकारले असहयोग गरेको भन्दै शिक्षालय सञ्चालकले आपत्ति जनाएका छन् । गोरखापत्रले खबर छापेको छ।

प्रतिक्रिया दिनुहोस