काठमाडौ । क्वीन्टल सुन प्रकरणमा संलग्नता पुष्टि भएका २ चिनियाँ नागरिक चीनतर्फ फर्किनैलाग्दा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीका २ चिनियाँ नागरिकलाई शुक्रवार बिहान पक्राउ गरेको छ ।
सीआईबी स्रोतका अनुसार बिहान पौने ८ बजे उनीहरूलाई पक्राउ गरिएको हो । सीआईबी टोलीले चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेको छ ।
हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ गरिएको हो । सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि भएपछि सीआईबीले खोजी गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ