काठमाडौ । क्वीन्टल सुन प्रकरणमा संलग्नता पुष्टि भएका २ चिनियाँ नागरिक चीनतर्फ फर्किनैलाग्दा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वाधिक खोजीका २ चिनियाँ नागरिकलाई शुक्रवार बिहान पक्राउ गरेको छ ।
सीआईबी स्रोतका अनुसार बिहान पौने ८ बजे उनीहरूलाई पक्राउ गरिएको हो । सीआईबी टोलीले चिनियाँ नागरिक ली गैलिन र लिओ फुयानलाई पक्राउ गरेको छ ।
हिमालय एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्दैगर्दा पक्राउ गरिएको हो । सुन तस्करीमा उनीहरूको संलग्नता पुष्टि भएपछि सीआईबीले खोजी गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, ०८ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ