काठमाण्डौ। मङ्गलवारदेखि अवरुद्ध भएको श्रम स्वीकृति सेवा अब लिन सकिने भएको छ । अवरुद्ध भएको वैदेशिक रोजगार विभागको फेमिस प्रणाली पुनः सञ्चालनमा आएसँगै श्रम स्वीकृतिको काम पनि सुरु भएको विभागले जनाएको छ ।
फेमिस प्रणालीको फाइल सर्भर सार्नका लागि गएको मङ्गलवारदेखि सिस्टममा फाइल अपलोड सेवा बन्द गरिएको थियो । तर आज बिहीबारदेखि यो समस्या समाधान भएको सूचना विभागले जारी गरेको छ ।तर सिस्टममा आएको समस्याको कारण श्रम स्वीकृति दिने काममा क्यूमा रहेको भन्दै श्रम स्वीकृति प्राप्त नहुँदासम्म टिकट नकाट्न विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ साउन २०८०, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
अब अबुधाबीबाट पनि श्रम स्वीकृति
नेपाल सरकारले विदेशबाट पनि दिन थाल्यो श्रम स्वीकृति