पूर्व फुटबल खेलाडीको चर्तिकलाले चकित परे शुभेच्छुकहरू

एजेन्सी

आइतबार, २७ साउन २०७५, १३ : ००
पूर्व फुटबल खेलाडीको चर्तिकलाले चकित परे शुभेच्छुकहरू

लण्डन । पूर्वफुटबल खेलाडी जाने टेरी परिवार अहिले होलिडे मनाइरहेको छ । यसपटक उनीहरूको गन्तव्य पोर्चुगल बनेको छ ।

गतवर्ष टेरी र उनकी श्रीमती टोनीले समर होलिडे दुबईमा मनाएका थिए । पोर्चुगलमा टेरीले दुई सन्तान जर्जिए तथा समरलाई समेत लगेका छन् ।

ब्रिटिस मिडियाले सम्प्रेषण गरेको समाचार र तस्बिरमा टेरी जोडीलाई मात्र फोकस गरेको देखिन्छ ।

गर्मीको मौसममा टेरीले तीनपांग्रेको मोटरसाइकलमा श्रीमती टोनीलाई सयर गराएका छन् । टेरी अगाडि ड्राइभिङ सिटमा छन् ।

त्यसको पछाडि उनकी श्रीमती टोनी बसेकी छिन् । टोनी बिकिनी पहिरन र टेरी केवल हाफ पाइन्टमा छन् । यता, टोनीले ‘मिस्टर टी ड्राइभिङमा’ भनी तस्बिरमा क्याप्सन पोस्ट गरेकी छिन् । ब्रिटिस मिडियाका अनुसार टेरीले श्रीमतीलाई समुद्रमा बोटमा सयर गराएका छन् ।

चेल्सी छाडेर एस्टोन भिल्लामा आबद्ध भएपछि टेरी गुपचुप नै छन् । गत सिजनमा भिल्ला प्रिमियर लिगमा बढुवा हुन नसकेपछि टेरी लगभग क्लबविहीन अवस्थामै छन् ।

भिल्लाले च्याम्पियनसिप प्लेअफ फाइनलमा समेत मौका गुमाएपछि टेरीले अन्य क्लब जाने सम्बन्धमा विचार गरेका छैनन् ।

नयाँ सिजनका लागि भिल्लाले टेरीसँग सम्झौता नवीकरण गरेको छैन । यता, कामविहीन रहेका टेरीलाई स्काई स्पोर्टस्ले एक विश्लेषकका रूपमा अनुबन्ध गर्न सक्ने एजेन्सीले जनाएका छन् ।

यसअघि स्काईमा फ्रान्सका पूर्वस्ट्राइकर थिएरी हेनरी विश्लेषकका रूपमा कार्यरत थिए । बेल्जियमको सहायक प्रशिक्षक बनेपछि हेनरीले स्काई स्पोर्टस् छाडिसकेका छन् ।

रिक्त पदमा स्काई स्पोर्टस्ले टेरीलाई खेल विश्लेषकका रूपमा प्रिमियर लिग सुरु हुनअघि नै अनुबन्ध गर्न सक्ने एजेन्सीले दाबी गरेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस