काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालन पूर्व तयारीका लागि बस्ने गरेको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरमा सभामुख, विभिन्न दलका प्रमुख सचेतक, तथा सचेतकहरु सहितको बैठक सुरु भएको हो ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरिले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएपनि ढिलोगरी सुरु भएको हो ।
सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसदमा अवरोध गर्दै आएको छ । हिजोको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको जवाफ चित्त नबुझेको भन्दै एमालेले संसद अवरुद्ध गरेपछि सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्भनर नियुक्तिका लागि सभामुखसँग रुलिङको माग
नीति तथा कार्यक्रम राजाकालीन परम्पराको निरन्तरता हो : उपेन्द्र यादव
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले विहीबार जवाफ दिने
जानकी जयन्तीमा बिदा नदिएकोमा झा र साहको विरोध
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
किट घटनाको सत्य तथ्य खोजी गर्न माओवादीको माग