काठमाडौँ । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ । सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो । अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ ।
यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको उनले बताए । रासस
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ साउन २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वैदेशिक रोजगार विभाग दुई सातादेखि महानिर्देशकविहीन
श्रम स्वीकृति लिन कार्यालयमा नआउन वैदेशिक रोजगार विभागको आग्रह
नेपाली श्रमिकलाई खान बस्न समेत नदिन साउदीको कम्पनी कालो सूचीमा
दुई वैदेशिक रोजगार व्यवसायी कारबाहीमा
वैदेशिक रोजगार विभागद्वारा दुई मेनपावरलाई चार लाख रुपैयाँ जरिबाना
वैदेशिक रोजगार विभागको अवरुद्ध अनलाइन सेवा सञ्चालनमा