काठमाडौ । सुदूरपश्चिम प्रदेश प्रहरीद्वारा भर्खरै गठन गरेर सक्रिय बनाइएको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) टोलीका एक जवान कुटिएका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका-११ को टाउके बजारमा आरआइटीका प्रहरी जवान रञ्जित साउदलाई स्थानीय युवाहरुको समूहले कुटपिट गरेको हो।
स्थानीयबासीलाई सडकमा उतार्दै मोटरसाइकल चेकजाँच गरेर दुःख दिएको आरोपमा स्थानीय युवाहरु प्रहरीमाथि खनिएका हुन्।
साउदले मदिरा पिएर सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुबुक मागेको उनीहरुको आरोप छ।
पुनर्वास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्यालले प्रहरीले सवारी साधन चेकजाँचका नाममा दुःख दिएको खबर पाएपछि आफू पनि घटनास्थलमा पुगेको बताए।
आफू पुग्नुपहिले नै युवाहरुको समूहले कुटपिट गरेपछि प्रहरी जवान साउद भागेको उनले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले घटनाबारे जानकारी नआएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरी जवान पदमा ६७७ पद थप, अब १,८४२ जनालाई अवसर
प्रहरीले सार्वजनिक गर्यो पाठक पक्राउ पुर्जीबारे सूचना
अलपत्र ५६४ यात्रुलाई स्कर्टिङ मार्फत प्रहरीले पठायो गन्तव्यमा
नेपाल प्रहरीले सुरु गर्यो नि:शुल्क बस सेवा, यस्तो छ रुट
राइड सेयरिङ प्रयोगकर्ताले धेरै भाडा लिए १०३ मा फोन गर्न प्रहरीको आग्रह
दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु