काठमाडौ । सुदूरपश्चिम प्रदेश प्रहरीद्वारा भर्खरै गठन गरेर सक्रिय बनाइएको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) टोलीका एक जवान कुटिएका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका-११ को टाउके बजारमा आरआइटीका प्रहरी जवान रञ्जित साउदलाई स्थानीय युवाहरुको समूहले कुटपिट गरेको हो।
स्थानीयबासीलाई सडकमा उतार्दै मोटरसाइकल चेकजाँच गरेर दुःख दिएको आरोपमा स्थानीय युवाहरु प्रहरीमाथि खनिएका हुन्।
साउदले मदिरा पिएर सादा पोशाकमा मोटरसाइकल चेकजाँच गर्दै लाइसेन्स र ब्लुबुक मागेको उनीहरुको आरोप छ।
पुनर्वास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्यालले प्रहरीले सवारी साधन चेकजाँचका नाममा दुःख दिएको खबर पाएपछि आफू पनि घटनास्थलमा पुगेको बताए।
आफू पुग्नुपहिले नै युवाहरुको समूहले कुटपिट गरेपछि प्रहरी जवान साउद भागेको उनले बताए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले घटनाबारे जानकारी नआएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ साउन २०८०, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द