काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण १३ दिनदेखि अबरुद्ध प्रतिनिधि सभा बैठक मंगलवार सुचारु भएको छ । प्रधानमन्त्री निवास बालुवटारमा दिउँसो बसेको तीन दलका शीर्ष नेताको बैठकमा भएको सहमतिपछि प्रतिनिधि सभा बैठक सुचारु भएको हो ।
सुन तस्करी सम्बन्धमा भइरहेको अनुसन्धानबारे संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न एमाले तयार भएपछि बैठक सुचारु भएको हो । यद्यपि एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग नछाडेको बताएको छ ।
गृहमन्त्रीको सम्नबोधन अघि सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा आकस्मिक समयमा बोल्न दिइने छ । विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको सुनबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै साउन १० देखि एमालेले प्रतिनिधि सभा अबरुद्ध गर्दै आएको थियो ।
त्यसयताका बैठक भने सूचना टाँसेर स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित