काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण १३ दिनदेखि अबरुद्ध प्रतिनिधि सभा बैठक मंगलवार सुचारु भएको छ । प्रधानमन्त्री निवास बालुवटारमा दिउँसो बसेको तीन दलका शीर्ष नेताको बैठकमा भएको सहमतिपछि प्रतिनिधि सभा बैठक सुचारु भएको हो ।
सुन तस्करी सम्बन्धमा भइरहेको अनुसन्धानबारे संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्न एमाले तयार भएपछि बैठक सुचारु भएको हो । यद्यपि एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग नछाडेको बताएको छ ।
गृहमन्त्रीको सम्नबोधन अघि सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा आकस्मिक समयमा बोल्न दिइने छ । विमानस्थल भन्सार कार्यालय बाहिरबाट समातिएको सुनबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै साउन १० देखि एमालेले प्रतिनिधि सभा अबरुद्ध गर्दै आएको थियो ।
त्यसयताका बैठक भने सूचना टाँसेर स्थगित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी