काठमाडौ । सल्यानमा एक युवकले लाठी प्रहार गरी आमाको हत्या गरेका छन्।
शारदा नगरपालिका-१३ घर भएका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको मंगलबार बिहान हत्या गरेका हुन्।
हत्यामा संलग्न नवीनलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ।
उज्यालो नहुँदै आमाबुबा सुतिरहेको कोठामा गएर उनले आमामाथि लाठी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए।
छोराको लाठी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आमाको हत्या गर्ने भण्डारीलाई पक्राउपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय सल्यान लगेको छ।
हत्याको कारण खुल्न नसकेको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए। ‘हामी घटनाको थप अनुसन्धान गर्दैछौँ,’ श्रेष्ठले भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या