काठमाडौ । सल्यानमा एक युवकले लाठी प्रहार गरी आमाको हत्या गरेका छन्।
शारदा नगरपालिका-१३ घर भएका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको मंगलबार बिहान हत्या गरेका हुन्।
हत्यामा संलग्न नवीनलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ।
उज्यालो नहुँदै आमाबुबा सुतिरहेको कोठामा गएर उनले आमामाथि लाठी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए।
छोराको लाठी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आमाको हत्या गर्ने भण्डारीलाई पक्राउपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय सल्यान लगेको छ।
हत्याको कारण खुल्न नसकेको इन्सपेक्टर श्रेष्ठले जानकारी दिए। ‘हामी घटनाको थप अनुसन्धान गर्दैछौँ,’ श्रेष्ठले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या
श्रीमतीको हत्यामा संलग्न श्रीमान् पक्राउ
दिल्लीमा युवतीको गोली हानी हत्या
देवरद्वारा भाउजूको हत्या
ललितपुरमा खुकुरी प्रहार गरेर युवकको हत्या
निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा