काठमाडौ । भारी वर्षासँगै आएको बाढीले तीन नदीले खतराको तह पार गरेका छन् ।
ललितपुरमा र रौतहटमा बागमती नदीले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै सिन्धुलीमा कमला नदीले पनि खतराको तह पार गरेको महाशाखाले मंगलबार ८ बजे जानकारी दिएको छ ।
यस्तै सुर्खेतमा कर्णाली, बर्दियामा बबई, मकवानपुरमा बागमती, बर्दियामा कर्णाली नदी पनि खतराको स्थितिमा पुगेको छ । तीमध्ये कतिपय स्थानमा बाढी बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । अन्य नदीहरु भने खतराको तहभन्दा तल रहेका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नदीमा जिप खस्दा तीन जनाको मृत्यु
ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार
अविरल वर्षाको प्रभाव : प्रमुख आठ नदीको जलसतहले खतराको तह पार
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
देशका प्रमुख नदीमा बहाव बढ्दो