काठमाडौ । भारी वर्षासँगै आएको बाढीले तीन नदीले खतराको तह पार गरेका छन् ।
ललितपुरमा र रौतहटमा बागमती नदीले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै सिन्धुलीमा कमला नदीले पनि खतराको तह पार गरेको महाशाखाले मंगलबार ८ बजे जानकारी दिएको छ ।
यस्तै सुर्खेतमा कर्णाली, बर्दियामा बबई, मकवानपुरमा बागमती, बर्दियामा कर्णाली नदी पनि खतराको स्थितिमा पुगेको छ । तीमध्ये कतिपय स्थानमा बाढी बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । अन्य नदीहरु भने खतराको तहभन्दा तल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ साउन २०८०, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अविरल वर्षाको प्रभाव : प्रमुख आठ नदीको जलसतहले खतराको तह पार
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
यी नदीमा आज आकस्मिक बाढीको उच्च जोखिम
देशका प्रमुख नदीमा बहाव बढ्दो
यी नदीमा पानीको बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह
यी जिल्लाका नदी र खोलामा छ बाढीको जोखिम