काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ परेका छन् । काठमाडाैंकाे तारकेश्वर नगरपालिका-३ तिनपिप्लेबाट अवैध लागुऔषध गाँजा करिब १ किलो ४ सय ग्रामसहित सोही नगरपालिका-५ गोलढुङ्गा बस्ने २५ वर्षीय जक्सन महर्जन समेत तीनजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तिनपिप्लेबाट खटिएको प्रहरीले बा.२ ख ३०२२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
बाराकाे जितपुरसिमरा उपमहानगहरपालिका-२२ स्थित २ नम्बर जंगलबाट अवैध लागुऔषध गाँजा करिब १ सय ५७ केजीसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ बस्ने ३९ वर्षीय रोशन नेगीसमेत सातजनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुरको भैसेबाट बा.११ च ४९९२ नम्बरको स्कारपियोमा ६ वटा पोका बनाई ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नेगीलाई उक्त गाँजा र स्कारपियोसहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न अन्य ४ जना भारतीय नागरिक र दुईजना नेपाली नागरिकलाई बीआर ०५ जी ८६५६ नम्बरको भारतीय पिकअप र बीआर ०५ ए जेड ८९६१ नम्बरको भारतीय मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
सुनसरीकाे धरान उपमहानगरपालिका-५ देउरालीबाट अवैध लागुऔषध गाँजा ३ किलो ४ सय ग्रामसहित भारत फार्विसगंज-१२ बस्ने ३० वर्षीयको गुद्दु साहलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरीले बीआर ३८ एन ५२२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
कैलालीकाे गौरीगंगा नगरपालिका-८ बढैपुरबाट अवैध लागुऔषध खेरो हेरोईन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय खगेन्द्र बाठामगर समेत पाँचजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दार्चुलाकाे शैल्यशिखर नगरपालिका-३ कर्कलेबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब ६ किलो १ सय ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका-४ खलंगा बस्ने ६६ वर्षीय मान सिंह ठगुन्ना र नौगाड गाउँपालिका-४ सिप्टी मलमटे बस्ने ७० वर्षीय गौर सिंह ठगुन्ना रहेका छन् । ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिलाको हातबाट ब्याग खोस्ने चारजना पक्राउ
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजी प्रदर्शनमा एटीएम तोडफोड गरेको आरोपमा युवक पक्राउ
काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना पक्राउ
सर्वोच्च अदालतमा आगजनी र तोडफोड गरेको आरोपमा दुईजना पक्राउ
सुन्धारा कारागारबाट फरार कैदी पक्राउ