काठमाडौँ । संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ । आज बसेको सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय समितिमा भागबन्डा मिलेको जानकारी गराएका छन् ।
‘प्रचण्ड’ले पार्टीमा जानकारी गराए अनुसार प्रतिपक्षी दल नेकपा एमालेसहित ६ दलले मात्र समितिको नेतृत्व पाउने भएका छन् । ‘प्रचण्ड’ले जानकारी गराएअनुसार काँग्रेसलाई ४, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एसलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ।
‘प्रचण्ड’ले सुनाएको सहमति अनुसार नेतृत्व पाउमा प्रतिपक्षी दलहरू रास्वपा र राप्रपाले समितिको नेतृत्व नपाउने निश्चित भएको छ । संसदीय समितिहरूको सभापति चयनबारे छलफल गर्न आजै सभामुख देवराज घिमिरेले शीर्ष नेताहरूलाई बोलाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ साउन २०८०, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीय संसद अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
संङघीय संसदका दुइ समितिको बैठक बस्दै
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै