बेइजिङ । चीनको पूर्वी सानडोङ प्रान्तको पिङयुआन काउन्टीमा आइतबार बिहान ५.५ म्याग्निच्यूडको भूकम्प गएको छ ।
भूकम्पमा परेर कम्तीमा २१ जना घाइते भएका छन् ।स्थानीय समयअनुसार बिहान २ बजेर ३३ मिनेटमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटरको गहिराइमा रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जानकारी दिएको छ । अधिकारीहरूका अनुसार घाइतेहरु डेनझाउ र लिओचेङ सहरका छन् ।
राज्यद्वारा सञ्चालित सीसीटीभी मिडियाका अनुसार भूकम्पका कारण १२६ वटा घरमा क्षति पुगेको छ । अहिले राहत तथा उद्धार कार्य जारी रहेको छ । भूकम्पका कारण करिब ५० वटा रेलहरू आफ्नो गन्तव्यमा जान रोकिएको चाइना रेलवे बेइजिङ ग्रुप कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प
संखुवासभामा भूकम्पको धक्का
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प