बेइजिङ । चीनको पूर्वी सानडोङ प्रान्तको पिङयुआन काउन्टीमा आइतबार बिहान ५.५ म्याग्निच्यूडको भूकम्प गएको छ ।
भूकम्पमा परेर कम्तीमा २१ जना घाइते भएका छन् ।स्थानीय समयअनुसार बिहान २ बजेर ३३ मिनेटमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटरको गहिराइमा रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जानकारी दिएको छ । अधिकारीहरूका अनुसार घाइतेहरु डेनझाउ र लिओचेङ सहरका छन् ।
राज्यद्वारा सञ्चालित सीसीटीभी मिडियाका अनुसार भूकम्पका कारण १२६ वटा घरमा क्षति पुगेको छ । अहिले राहत तथा उद्धार कार्य जारी रहेको छ । भूकम्पका कारण करिब ५० वटा रेलहरू आफ्नो गन्तव्यमा जान रोकिएको चाइना रेलवे बेइजिङ ग्रुप कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प