काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले धनुषाकी आरती साहको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । राजधानीको माइतीघरमा धर्नामा बसेका साहका परिवारसँगको भेटघाटका क्रममा शनिबार राउतले आरतीको हत्यारालाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
धनुषाकी २२ वर्षीय आरती साहको गत जेठ ७ गते दाइजो कारण हत्या भएको माइती पक्षको आरोप छ । हत्यारालाई तत्काल कारबाही गर्नुपर्ने माग गर्दै आरतीको माइती पक्ष र आफन्तले डेढ महिनादेखि माइतीघरमा धर्ना दिइरहेका छन् । पैसा र राजनैतिक पहुँचको आडमा सो हत्याकाण्डलाई ढाकछोप गर्ने षडयन्त्र भैरहेको पनि आरतीका माइती पक्षका परिवारको आरोप छ ।
घटनाबारे बयान लिने बहानामा आरतीको परिवार र माइती पक्ष बोलाएर प्रहरी उपरीक्षक विश्वराज खड्का र प्रहरी नायब उपरीक्षक वेदप्रकाश गौतमले कुटपिट गरेको आरतीको परिवारले जनाएको जनमत पार्टीले जनाएको छ ।
प्रहरीले सो घटनाको मुद्दा दर्ता नगरेको र छानबिनलाई प्रभावित पार्दै आएको भन्दै प्रहरीलाई पनि छानबिनको दायरमा ल्याउन जनमत पार्टीले माग गरेको छ । पीडितहरूले डेढ महिनादेखि न्यायका लागि माइतीघर मण्डलामा धर्ना दिँदै आएको बताउँदै अध्यक्ष राउतले दोषीहरूलाई अविलम्ब कारबाहीको दायरमा ल्याउन माग गरे । साथै पीडित परिवारको संघर्षमा साथ र सहयोग रहने प्रतिवद्धता पनि उनले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा