कैदीले लगाए झापा कारागारमा आगो

सफल खबर संवाददाता

शुक्रबार, १९ साउन २०८०, १६ : ३१
कैदीले लगाए झापा कारागारमा आगो

झापा । जिल्ला कारागार भद्रपुरमा कैदीबन्दीबीच झडप भएको छ । झडपका क्रममा आगलागी समेत भएको छ । कैदीबन्दीबीच सरुवाको विषयलाई लिएर झडप भएको बुझिएको छ ।

झडपका क्रममा कारागारभित्र आगलागी समेत भएको छ । आगो निभाउनका लागि दकमल परिचालन गरिएको छ । कारागारभित्र ढुंगा हानाहान भइरहेको छ। बाहिर क्षेत्रमा धुँवा देखिएको छ। कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका हुन्। 

भद्रपुर, मेचीनगर र विर्तामोडको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।  सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्या कारागार बाहिर तैनाथ गरिएको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस