साताको सेयर बजार : ३६ अंकले घटेर नेप्से सूचक २० हजारको रेञ्जमा

सफल खबर संवाददाता

शुक्रबार, १९ साउन २०८०, १३ : ३७
साताको सेयर बजार : ३६ अंकले घटेर नेप्से सूचक २० हजारको रेञ्जमा

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा यो साता ३६ अंकमाथिको गिरावट आएको छ । अघिल्लो साता ३९ अंकले घटेको नेप्से सूचक थप यो साता ३६.६४ अंकले घट्दै २ हजार ८९.८४ अंकको विन्दुमा झर्न पुगेको हो ।

यो साता ३६ अंकले नेप्से घटेको बजारमा कूल ९ अर्ब ४९ करोड ५२ लाख १२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  बैंकिङ समूहतर्फ ३९ करोड ३८ लाख ७२ हजार २८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने यो साता होटल तथा पर्यटन समूहको उपसूचकको कारोबार पनि १० करोड १२ लाख १ हजार ४१३ रुपैयाँ बराबरको कारोबार भएको छ । 

यसैगरी विकास बैंक समूहको १४ करोड ८४ लाख ७८ हजार ९०१ रुपैयाँ, फाइनान्स समूहको १७ करोड ८७ लाख ६४ हजार रुपैयाँ, हाइड्रो समूहको २६ करोड ५३ लाख ३ हजार रुपैयाँ र जीवन बीमा र निर्जीवन बीमा समूहको कारोबार क्रमशः १२ करोड ८२ लाख ९८ हजार रुपैयाँ र ९ करोड ९३ लाख १४ हजार रुपैयाँ बराबरको भएको छ । 

यस्तै म्यानु एण्ड प्रो समूहको १४ करोड ५५ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार हुँदैगर्दा यता म्युचुअल फन्डको जम्मा ३८ लाख ९६ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ । 

मार्केट क्यापिटलाइजेशन ५३ अर्ब २९ करोडले घट्यो 
समग्र नेप्से सूचक घट्दै गर्दा यता यो साता पुँजी बजारको मार्केट क्यापिटलाइजेशन समेत ५३ अर्ब माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यो साता सेयर बजार मार्केट क्यापिटलाइजेशन ५३ अर्ब २९ करोड १० लाख ३४ हजार रुपैयाँले घट्दै ३० खर्ब ७१ अर्ब ६४ करोड २० लाखमा झरेको छ ।  अघिल्लो साता यस्तो मार्केट क्यापिटलाइजेशन ३१ खर्ब २४ अर्ब ९३ करोड ४० लाख रुपैयाँ हारहारी रहेको थियो । 

प्रतिक्रिया दिनुहोस