काठमाडौ । ट्रकको क्याबिनमा लुकाइछिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित पूर्वपश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
काभ्रे जिल्लाको मन्डन देउपुर नगरपालिका–९ बस्ने अन्दाजी ५० वर्षीय ज्ञानेन्द्रकुमार सापकोटालाई नम्बर १४ गण मकवानपुरले नियन्त्रणमा लिएको हो ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र. ०१–००६ ख २६५६ नम्बरको ट्रकको क्याबिनमा लुकाइछिपाई ल्याउँदै गरेको १ लाख ३१ हजार ७६० वटा ट्रमाडोल ट्याब्लेट र १५० वटा म्याद गुज्रिएको महरिच मल्टी भिटामिन ट्याब्लेटसहित उनलाई नियन्त्रणमा लिइएको हो । उनी ट्रकका चालक रहेका छन् ।
ट्रकमा लोड गरी ल्याउँदै गरेको करीब १४ लाख ४६ हजार रुपैयाँ बराबरको लत्ताकपडा र प्रिन्टिङ पेपरको बिलबिजक फेला नपरेपछि लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
नियन्त्रणमा लिइएका सापकोटालाई बरामद औषधिसहित आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज र बरामद लत्ताकपडा, प्रिन्टिङ पेपर र ट्रक राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ