सिप हासिल गरेर विदेश जाने युवा बढ्दो

पत्रपत्रिकाबाट

शुक्रबार, १९ साउन २०८०, ०७ : १९
सिप हासिल गरेर विदेश जाने युवा बढ्दो

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सिप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भन्दा आव २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको सङ्ख्या ३१ प्रतिशतले बढेको हो ।  

आव २०७५/७६ मा वैदेशिक रोजगारीमा जान पाँच लाख आठ हजार ८२७ जनाले श्रम स्वीकृति लिएकाममा ३५ प्रतिशत दक्ष रहेको पाइएको छ ।

आव २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएकामा दक्ष जनशक्तिको सङ्ख्या पाँच लाख छ हजार ७४६ जना (६६ प्रतिशत) रहेको छ । 

यो सङ्ख्या हेर्दा आव २०७८/७९ मा भन्दा आव २०७९/८० मा १९ प्रतिशत बढेको देखिन्छ । दुई वर्षको तथ्याङ्कबाट पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पुष्टि गर्छ । 

यस्तै आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा दुई लाख ९१ हजार ८८९ जना (४७ प्रतिशत) दक्ष जनशक्ति थिए भने आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएकामा ७० हजार ४२६ (४२ प्रतिशत) जना दक्ष रहेका छन्, गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस