१३ अर्ब सहुलियत ऋण लिन सरकारको बनायो वार्ता समिति

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, १६ : २६
१३ अर्ब सहुलियत ऋण लिन सरकारको बनायो वार्ता समिति

काठमाडौँ । सरकारले १३ अर्ब १३ करोड बराबरको बजेटरी सहायताका रुपमा सहुलियतपूर्ण ऋण प्राप्त गर्न प्रक्रिया अघि बढाएको छ ।

मन्त्रिपरिषद्को साउन १६ गते बसेको बैठकले ‘स्टेन्थिनिङ पब्लिक फाइनान्सियल मेनेजमेन्ट एण्ड डेभलप सर्भिस डेलिभरी’ कार्यक्रम, उपकार्यक्रम एकको लागि एशियाली विकास बैंकबाट १०० मिलियन अमेरिकी डलर (करिब रु १३ अर्ब १३ करोड बराबर) को बजेटरी सहायताका रुपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने सम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिने विषयमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । 

यस्तै दिगो भू-व्यवस्थापन मार्फत लखनदेही नदी बेसिनका जलाधारहरुको पुर्नउत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने करिब २०  करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि सरकारकाले गरेको छ ।

प्रतिक्रिया दिनुहोस