काठमाडौँ । राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध कायम राखेको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अघि बढ्न नसक्ने अडानसहित आजको बैठकमा पनि संसद् अवरोध गरेको हो ।
बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । उनले विमानस्थलबाट त्यत्ति ठुलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताए ।
उनले यस प्रकरणमा जोसुकै व्यक्ति संलग्न भए पनि ती व्यक्तिलाई कानुनको दायरामा ल्याउनुपर्ने जिकिर गरे । सरकार यस प्रकरणमा गम्भीर हुन नसकेको बरु अहिले नयाँ तथ्यहरू बाहिर आइरहेको श्रेष्ठले बताए ।
उनले सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै सरकार दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएसम्म संसद् अघि बढ्न नसक्ने स्पष्ट पारे । साउन २२ गते दिउँसो १ बजे बस्ने गरी आजको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठकका लागि व्यवस्थापन गरिँदै ३० लाखमा हल
राष्ट्रिय सभा बैठक सर्यो
राष्ट्रिय सभा बैठक शून्य समयमा सांसदको प्रश्न , ‘बाहेक’ भन्ने शब्द कसले कहाँबाट किन थप गरे जवाफ चाहियो
राष्ट्रिय सभा बैठक सुरु
राष्ट्रिय सभाको भोलिको बैठकका चार कार्यसूची तय
विरोधका बीच राष्ट्रिय सभा बैठक चलाउने तयारी