जिल्ला प्रशासन कार्यालय इलामले आजदेखि राष्ट्रिय परिचयपत्र बाँढिदै

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, १३ : ३५
जिल्ला प्रशासन कार्यालय इलामले आजदेखि राष्ट्रिय परिचयपत्र बाँढिदै

इलाम। जिल्ला प्रशासनले कार्यालय इलामले आज कार्यालयबाटै राष्ट्रिय परिचयपत्र (कार्ड) वितरण थाल्दैछ। पहिलो चरणमा परीक्षणका लागि पाँच सय जनालाई कार्ड वितरण गरिने भएको हो।सिडिओ श्रवणकुमार पोख्रेलले परिचयपत्र वितरण गरिने व्यक्तिको नाम नै कार्यालयले सार्वजनिक गरिसकेको बताए।

‘परिचयपत्र लिन सम्बन्धित व्यक्ति आफैं अनिवार्य आउनुपर्नेछ,’ उनले भने, ‘परिचयपत्र लिएपछि फिंगर प्रिन्ट (औंठाछाप) राख्नुपर्ने भएकाले यो कार्ड अरूले लगिदिन मिल्दैन।’ उनले परिचयपत्र लिने व्यक्तिको मोबाइलमा एसएमएससमेत पठाइएको जनाए।प्रशासनले कार्यालयमा १७ हजार ७९ जनाको परिचयपत्र प्राप्त भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस