काठमाडौं । सरकार गठन भएको ६ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो ।
बुधबार नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी र नेपाली कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
दुबै मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाएका छन । त्यस्तै नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। उनलाई मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
नागरिक उन्मुक्ति पार्टीको दुई मन्त्रालय पाउनुपर्ने अडानका कारण प्रदेश सरकारले पूर्णता पाउन सकेको थिएन। २०७९ सालको माघ २७ गते मुख्यमन्त्री शाह नेतृत्वको सरकारले अहिलेसम्म पूर्णता भने पाएको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका सर्प दंशको उच्च जोखिम रहेका क्षेत्रमा उपचार सेवा विस्तार गरिँदै
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण