काठमाडौं । सरकार गठन भएको ६ महिनापछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले २ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै सरकारले पूर्णता पाएको हो ।
बुधबार नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी र नेपाली कांग्रेसका शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
दुबै मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाएका छन । त्यस्तै नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। उनलाई मुख्यमन्त्री शाहले पद तथा गोपनियताको सपथ खुवाएका छन् ।
नागरिक उन्मुक्ति पार्टीको दुई मन्त्रालय पाउनुपर्ने अडानका कारण प्रदेश सरकारले पूर्णता पाउन सकेको थिएन। २०७९ सालको माघ २७ गते मुख्यमन्त्री शाह नेतृत्वको सरकारले अहिलेसम्म पूर्णता भने पाएको थिएन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ साउन २०८०, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै