काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देश बनाउने सवालमा नेता इमान्दार बन्नुपर्ने बताएका छन् ।
अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटीद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समयमा राजनीतिक दलका शीर्ष नेताहरु नै देशप्रति इमान्दार नभएको भन्दै देश र जनतालाई साक्षी राखेर इमान्दारिता कायम गर्नुपर्नेमा जोड दिए।
उनले भने, “देशमा धेरै समस्या छन्, धेरै समस्यामध्ये पहिलो मसस्या भनेको बन्नुपर्ने जति इमान्दार भएका छैनौँ, देश बनाउने भावनाले ओतप्रोत भएका छैनौँ, देश र जनातालाई केन्द्रविन्दुमा राखेका छैनौँ, हाम्रो सम्मानमा कुनै ठेस लाग्ने काम भयो भने, नेपालीलाई त्यो स्वीकार्य हुँदैन ।”
राजनीतिक दलका नेताहरु जनताप्रति जवाफदेही हुने र देशप्रति इमान्दार हुनेभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित हुने गरेको पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ। उनले पटकपटकको सङ्घर्ष र बलिदानबाट देशमा प्राप्त उपलब्धिमाथि कुठाराघात हुने खतरा बढ्दै गएको भन्दै त्यसलाई जोगाउनका निम्ति देशप्रेमी जनता एकजुट हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, २० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेमा अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन: माधव नेपाल
विचार मिल्नेसँग एकता गरेर जान्छौं: माधव नेपाल
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल
सकियो माधव नेपालको मुद्दामा थुनछेक बहस