काठमाडौं। प्रतिनिधि सभाको बैठक सहज ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन् । नयाँ बानेश्वरमा कार्य व्यवस्था परामर्श समितिको बैठकपछि सभामुख र प्रमुख सचेतकबीच छलफल भएको छ ।
कार्य व्यवस्था तथा परामर्श समितिको बैठकमा सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई आकस्मिक समयमा बोल्न दिने र छानविन समिति गठनका लागि प्रस्ताव राख्न दिने सहमति भएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
तर बैठक सकिनेवित्तिकै सत्तापक्षीय प्रमुख सचेतकले सहमति नजुटी बैठक राख्न नहुने भन्दै सूचना टाँस गरेर स्थगित गर्न माग गरेपछि प्रमुख सचेतक र सभामुखबीच छलफल भइरहेको गिरीले जानकारी दिए । दिउँसो १ बजेका लागि समय तोकिएको भएपनि बैठक सञ्चालनबारे दलहरुबीच कुरा नमिल्दा प्रतिनिधि सभाको आजको बैठक बस्न ढिलाइ भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर
प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
एक साताका लागि प्रतिनिधि सभाको बैठक स्थगित
गृहमन्त्रीलाई बर्खास्त गर्न सरकारसँग राप्रपाको माग
प्रतिनिधि सभा बैठक जारी