एजेन्सी । भारतस्थित महाराष्ट्रको पालघरमा सोमबार एक रेलवे सुरक्षा बल (आरपीएफ) का जवानले गुडिरहेको रेलमा गोली हानेर चार जनाको हत्या गरेका छन्।
बीबीसी हिन्दीका अनुसार जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा सवार चारजनालाई गोली हानिएको हो।
गोली लागेर चारै जनाको मृत्यु भएको छ। आरोपितलाई पक्राउ गरिएको रेलवे सुरक्षा बलले जनाएको छ।
पश्चिम रेलवेका अनुसार पालघर स्टेसन पार गरेपछि एक आरपीएफ जवानले चलिरहेको रेल जयपुर एक्सप्रेसभित्र गोली चलाएका हुन्।
घटनामा एक आरपीएफ र तीन यात्रुको मृत्यु भएको छ । गोली किन हानियो भन्ने विषयमा समाचारमा खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजधानीको थानकोटमा चक्कु प्रहार गरि एक जनाको हत्या
भरतपुरको बुद्धचोकमा धारिलो हतियार प्रहार गरी युवकको हत्या
धारिलो हतियार प्र?हार गरी युवकको हत्या, दुई जना पक्राउ
वीरगन्जमा प्रहरी जवानको हत्या : चारजना पक्राउ
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने