एजेन्सी । भारतस्थित महाराष्ट्रको पालघरमा सोमबार एक रेलवे सुरक्षा बल (आरपीएफ) का जवानले गुडिरहेको रेलमा गोली हानेर चार जनाको हत्या गरेका छन्।
बीबीसी हिन्दीका अनुसार जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा सवार चारजनालाई गोली हानिएको हो।
गोली लागेर चारै जनाको मृत्यु भएको छ। आरोपितलाई पक्राउ गरिएको रेलवे सुरक्षा बलले जनाएको छ।
पश्चिम रेलवेका अनुसार पालघर स्टेसन पार गरेपछि एक आरपीएफ जवानले चलिरहेको रेल जयपुर एक्सप्रेसभित्र गोली चलाएका हुन्।
घटनामा एक आरपीएफ र तीन यात्रुको मृत्यु भएको छ । गोली किन हानियो भन्ने विषयमा समाचारमा खुलाइएको छैन।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ साउन २०८०, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण