वीर अस्पतालका कार्यकारी निर्देशक डा.पौडेलविरुद्ध उजुरी

सफल खबर संवाददाता

आइतबार, १४ साउन २०८०, १२ : २२
वीर अस्पतालका कार्यकारी निर्देशक डा.पौडेलविरुद्ध उजुरी

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई तत्काल निलम्बन गर्न माग गर्दै विभिन्न निकायमा उजुरी परेको छ । डा. पौडेल राजनीतिक पार्टीको सङ्गठित सदस्य रहेको र पार्टी सम्बद्ध जनसङ्गठनमा महासचिव पदमा क्रियाशील रहेको भन्दै पदबाट तत्काल निलम्बन गरी कारबाहीको लागि विभिन्न निकायमा उजुरी परेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सरकारका मुख्यसचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय सतर्कता केन्द्र लगायतका निकायमा उजुरी परेको हो ।

डा. पौडेल मन्त्री स्तरको निर्णयबाट २०७९÷११÷५ मा अस्पतालको निर्देशक पदमा नियुक्त भएका थिए । कर्मचारी संकेत नं. (१९३४०१) रहेका पौडेललाई तत्कालीन स्वास्थ्य मन्त्री पदम गिरीले नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस