काठमाडौं । नेकपा माओवादी केन्द्रले १७ साउनदेखि बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु गरेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल गरिएको छ । पार्टीको संगठन विभाग तथा उपाध्यक्षहरुले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु भएको र त्यसलाई निष्कर्षमा पु¥याउन आइतबार पनि बैठक बोलाइएको सचिव चक्रपाणि खनालले जानकारी दिए ।
बैठकमा पार्टीको समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बोलाई एजेण्डा टुंगो लगाउने विषयमा पनि नेताहरुबीच सहमति उनले बताए ।संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन र त्यसपछि केन्द्रीय समितिको बैठकलाई कसरी लैजाने र पदाधिकारीहरुको सुझाव के छ त्यसबारे मुख्य छलफल भयो । त्यसपछि स्थायी समिति बैठक केन्द्रय समिति बैठकअघि नै बोलाउने र त्यो बैठकबाट फेरि केन्द्रीय समितिलाई अलि व्यवस्थित र पूर्ण रुपमा कसरी लैजाने भन्ने बारेमा छलफल भयो’, उनले भने ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इटाली जानुअघि नै बसेको माओवादी पदाधिकारी बैठकले आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदा तयार पार्ने जिम्मेवारी पार्टीको संगठन विभाग र उपाध्यक्षहरुलाई दिएको थियो ।
सोही प्रतिवेदनको मस्यौदामाथि शनिबारको बैठकमा छलफल भएको हो । नेताहरुको सुझावहरुलाई समेत समेटेर अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनलाई अन्तिम दिने सचिव खनालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीद्वारा विपद् व्यवस्थापनमा जुट्न चार बुँदे निर्देशन
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’: माओवादी केन्द्र
सभापतिदेखि सबैमाथि छानबिन गरियोस् : हितराज पाण्डे
पार्टीका आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाडमछाड छ : प्रचण्ड
नेकपा एसका नेता महेन्द्रबहादुर कार्की माओवादी केन्द्रमा प्रवेश
विधेयक पारित गराउन सरकार गम्भीर देखिएन : माओवादी केन्द्र