काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३७ अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन आइतबार एकै दिन ६३ अंकले बढेको नेप्से परिसूचक त्यसयता भने निरन्तर घटेको हो ।
५ कारोबार दिनमध्ये आइतबारबाहेक अन्य सबै दिन परिसूचक घट्यो । केन्द्रीय बैंकले आइतबार मौद्रिक नीति सार्वजनिक गरेको थियो । उक्त मितीमा नेप्से परिसूचक ६३ अंकबले बढेर २२ सय २७ अंकको बिन्दुमा पुगेको थियो । त्यसपछि, सोमबार २६ अंकले घटेको नेप्से मंगलबार ३६ अंकले र बुधबार ८ अंकले घटेको थियो ।
यस्तै, बिहीबार परिसूचकमा २९ अंकको गिरावट आएको थियो । यससँगै, यो साता ३७ अंकको गिरावटसँगै नेप्से परिसूचक २१ सय २६ अंकमा आइपुगेको हो । यसैगरी यो साता नेप्सेमा कारोबार रकम भने बढेको छ । गत साताको तुलनामा यो साता कारोबार रकम बढेको हो । साताभरमा १६ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन, अघिल्लो साताको तुलनामा २ अर्ब बढी हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ साउन २०८०, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार