नेपालमा काम गर्न आउने विदेशीको संख्या बढ्दै

पत्रपत्रिकाबाट

शुक्रबार, १२ साउन २०८०, ०८ : ४८
नेपालमा काम गर्न आउने विदेशीको संख्या बढ्दै

काठमाडौ । स्वदेशमा   रोजगारीको   अवसर   नपाएर   रोजगारीको खोजीमा बिदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या पनि बढेको छ ।

पछिल्लो दुुई आर्थिक वर्षमा विदेशका विभिन्न देशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी नागरिकको सङ्ख्या ३७ प्रतिशतले वृद्धि भएको हो ।

श्रम  तथा  व्यवसायजन्य  सुरक्षा  विभागका  अनुसार  आर्थिक  वर्ष  २०७९-८०  मा  विकास  साझेदार कम्पनीको लगानीमा नेपालमा सञ्चालित परियोजना  तथा  विदेशी  व्यावसायिक  कम्पनीमा  काम गर्न नेपालबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या दुुई हजार ९९४ रहेको छ ।

 नयाँ एक हजार ३६९ जना रहेका छन् भने श्रम नवीकरण गर्नेको  सङ्ख्या  एक  हजार  ६२५  जना  रहेको  छ । जब कि आव २०७८-७९ मा यो सङ्ख्या दुुई हजार १८१ जना थियो ।

जसमा नयाँ ९५० जना थिए भने श्रम नवीकरण गर्ने एक हजार २३१ जना थिए । जुुन सङ्ख्या आव २०७८-७९ को तुलनामा आव २०७९-८० मा ८१३ जना बढी हो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस