एजेन्सी । भारतको राजधानी दिल्लीमा गोली प्रहार गरेर महिलाको हत्या गरिएको छ ।
महिलाको हत्या गरेर घरतिर फरार भएका ती व्यक्तिले आफूमाथि पनि गोली प्रहार गरेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिल्लीको डाबरी क्षेत्रमा गोली प्रहारबाट ४२ वर्षीया रेनू गोयलको हत्या गरिएको हो । उनको घरनजिकै हत्या गरिएको छ । हत्यारा र महिला दुवै जना एकअर्कासँग परिचित रहेका जनाइएको छ ।
गोली प्रहार गर्ने व्यक्ति २३ वर्षीय आशिष हुन् । उनी पैदल आएर गोली प्रहार गरी घरतिर भागेका थिए । प्रहरीले उनको घरमा पुगेर खोजबिन गर्दा उनी घरभित्र मृत अवस्थामा भेटिए । उनले आफैंमाथि पनि गोली प्रहार गरेको पाइएको छ । मृतक दुवै जना एकै जिम हाउसमा जाने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १२ साउन २०८०, ०७ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनसरीबाट चाइनिज पेस्तोल र गोलीसहित दुईजना पक्राउ
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली