विवेकशील साझा पार्टी सामूहिक नेतृत्वमा केन्द्रित छ : अध्यक्ष बास्कोटा

सफल खबर संवाददाता

विहीबार, ११ साउन २०८०, १९ : ४०
विवेकशील साझा पार्टी सामूहिक नेतृत्वमा केन्द्रित छ : अध्यक्ष बास्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटाले पार्टी व्यक्तिभन्दा पनि सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताएकी छन्।विवेकशील साझा पार्टीको छैटौं स्थापना दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा बास्कोटाले पार्टी व्यक्तिको वरिपरि घुम्दा विगतमा पनि समस्या देखिएको भन्दै सामूहिक नेतृत्वमा केन्द्रित रहेको बताइन्। 

व्यक्तिगतरूपमा पार्टी चलाउदा कुनै न कुनै बेला पार्टीलाई घात हुनसक्ने सिकाई पार्टीले भोग्नुपरेको उनले बताइन्। बास्कोटाले सामूहिक नेतृत्वमा जाँदा देशभरि नै पार्टीप्रतिको बुझाई नै फरक पर्न जाने जिकिर गरिन्। उनतले पार्टीभित्र एकले बोलेको कुराले अर्कोलाई कति असर पर्छ भन्ने नेताहरूले बुझ्न जरुरी रहेको बताइन्। 

बास्कोटाले पार्टीलाई बलियो बनाउन नेतृत्वलाई पनि हौसला प्रदान गर्नुपर्ने बताइन्। कार्यक्रममा विवेकशील साझा पार्टीले प्रथम राष्ट्रिय महाविधेशनबाट पारित परिर्वनको संकल्प, सामाजिक न्याय र समृद्धिको अठोट बिषयक राजनीतिक दस्तावेश सार्वजनिक गरेको थियो। विभिन्न व्यक्तिहरूलाई कदर पत्र प्रदान गरिएको थियो।  

प्रतिक्रिया दिनुहोस