बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

सफल खबर संवाददाता

विहीबार, ११ साउन २०८०, १३ : २२
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। चितवन भरतपुर महानगरपालिका-१४ घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको हो । 

बैंकिङ कसूर मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महाराजगंजबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ ।
 

प्रतिक्रिया दिनुहोस